Section 16
दोहोरो नाम हटाउन निवेदन दिनु पर्ने
कुनै मतदाताको नाम एक वा एक भन्दा बढी गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा समावेश भएकोमा एउटै गाउँपालिका वा नगरपालिकाको वडाभित्र भए सहायक नाम दर्ता अधिकारी समक्ष, एउटै जिल्लाभित्रको फरक फरक गाउँपालिका वा नगरपालिकामा भए जिल्लाको प्रमुख नाम दर्ता अधिकारी समक्ष र फरक फरक जिल्लाको गाउँपालिका वा नगरपालिकामा भए निज आफैले वा नाम दर्ता अधिकारी मार्फत आयोग समक्ष आफुले रोजेको स्थानको मतदाता नामावलीमा मात्र नाम राखी अन्य स्थानको मतदाता नामावलीबाट नाम हटाउन तोकिए बमोजिम निवेदन दिनु पर्नेछ ।